तेस्रो जित निकाल्ने योजनामा बार्सिलोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तेस्रो जित निकाल्ने योजनामा बार्सिलोना

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७७, आईतवार

    एजेन्सी : स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज (आइतबार) विभिन्‍न पाँच खेलहरु हुँदै छन् । आज हुने खेलमा बार्सिलोनाले सेभियासँग प्रतिस्पर्धा गर्दै छ । बार्सिलोनाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १२:४५ मा सुरु हुनेछ । 

    आजको खेलमा बार्सिलोना जित निकाल्दै लिगमा आफूलाई बलियो बनाउने योजनामा छ । लिगमा तेस्रो खेल खेल्न लागेको बार्सिलोना यसअघिका दुई खेलमा जित निकाल्न सफल भएको थियो । त्यसैले आजको खेलमा पनि जित निकाल्दै लिगमा आफूलाई बलियो बनाउने योजनामा छ ।

    यता समान दुई खेल खेलिसकेको सेभियाले पनि यसअघिका दुई खेलमा सहज जित निकालेको छ । त्यसैले आजको खेलमा सेभिया बार्सिलोनालाई उसकै घरेलु मैदानमा चुनौती दिने योजनामा हुनेछ ।

    आज नै हुने अर्को खेलमा साबिकको विजेता टोली रियल मड्रिडले लेभान्टेसँग प्रतिस्पर्धा गर्नेछ । लेभान्टेको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ ।