गण्डकी प्रदेशमा आइतबार थपिए १६० कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा आइतबार थपिए १६० कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७७, आईतवार

    पाेखरा : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६० जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार १७५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    आइतबार थपिएका सङ्क्रमितहरुमा सबैभन्दा धेरै नवलपरासी पूर्वका १०० जना छन् । त्यसैगरी तनहुँका २७ जना, बाग्लुङका १८ जना, लमजुङका ६ जना, कास्कीका ४ जना तथा स्याङ्जा र गोरखाका २ २  जना रहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिनुभयाे । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३४ जनाको मृत्यु भएको छ भने दुई हजार ८८२ जना निको भएका छन् ।

    प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २५९ पुगेको निर्देशनालयले जनाएको छ ।