भीमाद नगरपालिका अनिश्चितकालका लागि बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भीमाद नगरपालिका अनिश्चितकालका लागि बन्द

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०७७, मंगलवार

    तनहुँ : तनहुँको भीमाद नगरपालिकाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । समुदाय स्तरमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले नगरपालिकाले मङ्गलबारदेखि अर्को सूचना नभएसम्मका लागि स्वास्थ्य र सुरक्षा सम्बन्धी बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

    नगरकार्यपालिकाको कार्यालयबाट कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य तथा सुरक्षा सम्बन्धी कार्यहरु बाहेक सम्पूर्ण कार्य र सबै वडाहरु बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार स्वास्थ्य, सुरक्षा बाहेक कुनै पनि किसिमका सवारी साधन आवतजावत नगर्न, सम्पूर्ण सङ्घसंस्था, कार्यालय बन्द गर्न, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।

    भीमाद नगरपालिका–६ मा मङ्गलबार ३८, २०, १८ र ३७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको थियो । यसअगाडी सोही वडाकै एक व्यक्तिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले समुदायस्तरका व्यक्तिहरुको स्वाब सङ्कलन गरेको थियो । कोरोना पुष्टि हुनेमध्ये एक जना वर्कसप, एक जना कपाल काट्ने व्यक्ति, एक जना सिलाई कटाई व्यवसायी र एक जना किराना पसल व्यवसायी रहेका छन् ।