घिरिङमा आजदेखि सार्वजनिक यातायात बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङमा आजदेखि सार्वजनिक यातायात बन्द

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०७७, बिहीबार

    तनहुँ : कोरोनाको जोखिम बढ्दै गएपछि तनहुँको घिरिङ गाउँपालिकाले बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन बन्द गरेको छ । अर्को सूचना नभएसम्मका लागि गाउँपालिकाका अध्यक्ष स्तरको निर्णय बमोजिम गाउँपालिका क्षेत्रमा सार्वजनिक यातायात सञ्चालन बन्द गरिएको हो ।

    कोरोनाको जोखिम न्यूनीकरणका लागि सार्वजनिक यातायात सञ्चालन बन्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अत्यावश्यक काम परेर निजी तथा सवारी साधनले गाउँपालिका क्षेत्र बाहिर जानुपर्दा वा गाउँपालिकाभित्र प्रवेश गर्दा सुरक्षाकर्मी तथा वडा कार्यालयमा जानकारी गराउनुपर्नेछ ।