पोखरा : गण्डकी प्रदेशमा बिहीबार ९ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले बिहान सार्वजनिक गरेको विवरण अनुसार नवलपुरमा ८ र लमजुङमा एक जनामा कोरोना पुष्टि भएको हो ।
नवलपुरको गैडाकोट नगरपालिकाका तीन, हुप्सेकोट गाउँपालिकाका एक, कावासोती नगरपालिकाका दुई, देवचुली नगरपालिकाका दुई र लमजुङको सुन्दरबजार नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ४ सय १० पुगेको छ ।