काठमाडौँ : बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकभरको मौसममा सामान्य बदली भएको छ । उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भागमा पर्दा केही स्थानमा हल्का वर्षाको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा र राति प्रदेश १ का एकाध ठाउँमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।