बैङ्कमा कपडा अभाव, सहयोग गर्न लायन्सको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बैङ्कमा कपडा अभाव, सहयोग गर्न लायन्सको आग्रह

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०७७, बिहीबार

    तनहुँ : तनहुँको दमौलीमा स्थापना गरिएको कपडा बैङ्कमा कपडाको अभाव भएको छ । चाडपर्व नजिकिदै गरेको अवस्थामा विपन्न परिवार कपडा लिन आउने गरेपनि कपडाको अभावमा रित्तै हात फर्किनुपर्ने अवस्था आएको छ ।

    विपन्न समुदायका लागि निःशुल्क कपडा वितरण गर्न गत वर्षदेखि स्थापना गरिएको बैङ्कमा कपडाको अभाव हुँदा कपडा लिन आउनेलाई कपडा उपलब्ध गराउन नसकिएको लायन्स क्लव अफ तनहुँ दमौलीले जनाएको छ ।

    क्लवका सदस्यहरुबाट सङ्कलन गरिएको रकमबाट गत वर्षको असोज महिनामा कपडा बैङ्क स्थापना भएको थियो । हाल कपडा बैङ्कमा कपडाहरु अभाव भएकोले विपन्न समुदायलाई कपडा वितरण गर्न समस्या परिरहेको क्लवका अध्यक्ष सरोज भण्डारीले जानकारी दिनुभयो । “बैङ्कमा अलि अलि कपडा छ, पर्याप्त कपडा नहुँदा कपडा लिन आउने रित्तै हात फर्किनुपरेको छ,” भण्डारीले भन्नुभयो, “कपडा बैङ्कलाई कपडा सहयोग गरिदिनुहुन सबैमा आग्रह गर्दछु ।”

    भण्डारीका अनुसार चाडपर्व नजिकिएसँगै बैङ्कमा १५/२० जना सर्वसाधारण कपडा लिन आउने गरेका छन् । कपडा बैङ्क स्थापना भएयता करिब पाँच/छ हजार जनालाई निःशुल्क कपडा वितरण गरिएको छ ।

    “हुनेले दान गर्नुहोस्, नहुनेले ढुक्क साथ लैजानुहोस्” भन्ने मूल मन्त्र सहित स्थापना भएको बैङ्कका लागि जिल्ला समन्वय समितिले ठाउँ उपलब्ध गराएको छ । कपडा बैङ्कमा प्रयोग गर्न मिल्ने विभिन्न कपडा राख्ने गरिएको छ ।