


तनहुँ, ४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भानु नगरपालिकाका १३ वटै वडामा वडा सभापति निर्वाचित भएका छन्।
भानुका विभिन्न वडामा निर्वाचित वडा सभापतिहरूमा भानु–१ मा अर्जुनकुमार श्रेष्ठ, भानु–२ मा मदन क्षेत्री, भानु–३ मा टेकबहादुर लामा, भानु–४ मा महेश आचार्य र भानु–५ मा प्रेमबहादुर अधिकारी रहेका छन्।
त्यस्तै, भानु–६ मा प्रकाश वाग्ले, भानु–७ मा कृष्णकुमार श्रेष्ठ, भानु–८ मा ईश्वरबहादुर घिमिरे, भानु–९ मा धीरेन्द्र पाण्डे, भानु–१० मा सन्तोष सापकोटा, भानु–११ मा राजेश अधिकारी, भानु–१२ मा कृष्ण ठकुरी र भानु–१३ मा हरि खड्का वडा सभापतिमा निर्वाचित भएका छन्।