व्यासकी ४५ वर्षीया महिलालाई कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासकी ४५ वर्षीया महिलालाई कोरोना

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०७७, बिहीबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाका एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले बिहीबार जारी गरेको विवरण अनुसार व्यास नगरपालिका-२ की ४५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती महिलामा सङ्क्रमण देखिएको हो ।

    यस्तै कास्कीमा ५, बागलुङका १२, नवलपुरका १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।