भीमादको बन्द यथावत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भीमादको बन्द यथावत

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०७७, बिहीबार

    तनहुँ : समुदाय स्तरमा कोरोनाको जोखिम बढेपछि असोज २० गतेदेखि सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णयलाई यथावत गर्दै तनहुँको भीमाद नगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार सूचना जारी गर्दै नगरपालिकाले स्वास्थ्य, सुरक्षा बाहेक कुनै पनि किसिमका सवारी साधन आवतजावत नगर्न नगराउन निर्देशन दिएको छ ।

    अत्यावश्यक सेवाका सवारी साधन आवतजावत गर्नुपरेमा भीमादको मुख्य बजार क्षेत्रमा प्रवेश नगरी अन्य बाहिरी सडकको प्रयोग गरी आ आफ्नो क्षेत्रतर्फ जान पनि नगरपालिकाले भनेको छ । नगरपालिकाले सम्पूर्ण सङ्घसंस्था, कार्यालय बन्द गरेको छ भने अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो ।