तनहुँमा अरिङ्गालले टोकेर मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा अरिङ्गालले टोकेर मृत्यु

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०८३, आईतवार

    तनहुँ, २८ भदौ । तनहुँको भिमाद नगरपालिका–२ टेक्रेमा अरिङ्गालले टोकेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४२ वर्षीय धनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    अरिङ्गालले टोकेर घाइते थापाको उपचारका क्रममा आज पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    घर नजिक बारीमा अरिङ्गालले टोक्दा थापाको घाँटी, हात लगायतका ठाउँमा चोट लागेको थियो । तत्काल शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र लगिएको प्राथमिक उपचार पश्चात् पोखरा पठाइएको थियो ।