तनहुँ : नेपाल बार एशोसिएशन तनहुँ जिल्ला अदालत बार इकाइ मानव अधिकार तथा जनसरोकार समितिले अनसनमा रहनुभएका डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ । समितिका संयोजक ऋषिराम पोख्रेलको अध्यक्षतामै बसेको बैठकले चिकित्सा क्षेत्र सुधारको माग राख्दै २५ दिनदेखि अनसनरत केसीको माग सम्बोधन गर्दै जीवन रक्षाको माग गरेको हो ।
१९औं पटक आमरण अनसनमा बस्नुभेरा डा. केसीलाई सरकारले पटक पटक सहमति गर्ने, कार्यान्वयन नगर्ने गरेर झुक्याएका कारण यो अवस्था आएको भन्दै डा. केसीका मागमा कर्णालीमा एमविविएसको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लगायतका एउटा निस्वार्थ सचेत नागरिकले उठाउन सक्नु पर्ने सवाल उठाइएको समितिको ठहर छ ।