पाेखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय नाघेको छ। शुक्रबार बिहान थप ३५ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ४ हजार ५३३ पुगेको हो।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान क्षयरोग उपचार केन्द्र, पोखरा पोखरा गरिएको परीक्षणमा प्रदेशमा ३५ जना नयाँ संक्रमित थप भएका हुन्। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार थपिएका नयाँ संक्रमितमा कास्कीका २४, तनहुँ ५, लमजुङ ३, नजलपरासी पूर्व २ र गोरखाका १ जना रहेका छन्।
कास्कीका संक्रमितमध्ये एक जना पद्मा नर्सिङ होमका डाक्टर रहेका छन् भने एक जना अमेरिकाबाट आएका व्यक्ति हुन्।नीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयाे ।