थप दुई सङ्क्रमितको मृत्यु, गण्डकी प्रदेशमा ४० पुगे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    थप दुई सङ्क्रमितको मृत्यु, गण्डकी प्रदेशमा ४० पुगे

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७७, शनिबार

    पाेखरा : गण्डकी प्रदेशमा थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । स्याङ्जाका ८१ वर्षीय पुरुष र नवलपुरका ३६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका–६ स्थायी ठेगाना भई बुटवल बस्दै आउनुभएका र पोखरा स्थित गण्डकी मेडिकलमा उपचाररत ८१ वर्षीय कोभिड–१९ सङ्क्रमित पुरुषको शुक्रबार राति मृत्यु भएको छ । उहाँलाई शुक्रबार नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    त्यस्तै नवलपुरको गैंडाकोट नगरपालिका–१ का ३६ वर्षीय सङ्क्रमितको कलेज अफ मेडिकल साइन्स चितवनमा शुक्रबार मृत्यु भएको छ । उहाँलाई असोज २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४० पुगेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।