


तनहुँ : गण्डकी प्रदेशका आर्थिक मामिला तथा याेजनामन्त्री किरण गुरुङले तनहुँकाे भीमाद नगरपालिका निवासी कृष्णकुमार श्रेष्ठकाे निधनप्रति दु:ख व्यक्त गर्नुभएकाे छ । शनिबार शाेक वक्तव्य मार्फत मन्त्री गुरुङले श्रेष्ठकाे निधनमा दु:ख व्यक्त गर्नुभएकाे हाे ।
तनहुँ उद्याेग वाणिज्य सङ्घ भीमादका संस्थापक अध्यक्ष श्रेष्ठकाे निधनकाे खबरले स्तब्ध तुल्याएकाे उल्लेख गर्दै मन्त्री गुरुङले शाेककाे घडीमा शाेकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएकाे छ ।
श्रेष्ठकाे उपचारका क्रममा काठमाडाैस्थित बी एण्ड बी अस्पतालमा शनिबार निधन भएकाे थियाे ।