पुनर्निर्माणपछि आकर्षक देखियो मस्जिद (तस्वीर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पुनर्निर्माणपछि आकर्षक देखियो मस्जिद (तस्वीर सहित)

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७७, शनिबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–४ स्थित नुरी हन्फी जामे मस्जिद पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय र मुस्लिम समुदायका व्यक्तिहरुको आर्थिक सहयोगमा शुरु गरिएको मस्जिदको पुनर्निर्माण अन्तिम चरणमा पुगेको हो ।

    मस्जिद पुनर्निर्माणका लागि प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत् रु १५ लाख बजेट विनियोजन गर्नुभएको थियो । त्यस्तै सांसद कलिला खानको पहलमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ७ लाख बजेट प्राप्त भएको थियो । साथै दमौली निवासी एवं हाल विदेशमा रहेका मुस्लिम समुदायले पनि पुनर्निर्माणका लागि करीब रु १२ लाख सहयोग गरेका थिए ।

    सबैको सहयोगले मस्जिदको पुननिर्माण अन्तिम चरणमा पुगेको मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिनुभयो । उहाँका अनुसार लकडाउनकै बेला मस्जिद पुनर्निर्माणको काम शुरु गरिएको थियो । लकडाउनका कारण काम गर्न समस्या भएपछि निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रु १५ लाखमध्ये रु ११ लाख ७० हजारको मात्रै काम सम्पन्न भएको छ ।

    हाल दोस्रो तल्लाको काम पनि सकिने चरणमा रहेको छ । “लगभग सबै काम सकिन लाग्यो, रङरोगनको काम बाँकी छ,” उहाँले भन्नुभयो । मस्जिदमा आकर्षक बत्ती जडान गरिएको छ । साथै मस्जिदको भुइँतल्ला पनि पुनर्निर्माण शुरु गरिएको छ । मस्जिदमा थप काम गर्नका लागि रकम अभाव हुने देखिएकाले सहयोग गर्न व्यास नगरपालिकालाई अनुरोध गरिएको छ ।