


पोखरा : गण्डकी प्रदेशमा शनिबार ७५ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले तीन पटक गरेर सार्वजनिक गरेको विवरण अनुसार तनहुँ, कास्की, बागलुङ, गोरखा, म्याग्दी, नवलपुर , लमजुङ र पर्वतमा कोरोना सङ्क्रमित थपिएका हुन् ।
तनहुँमा ७, कास्कीमा २६, बागलुङमा ११, गोरखामा ४, म्याग्दीमा १, नवलपुरमा २३ र पर्वतमा १, स्याङ्जामा १ र लमजुङमा १ जनालाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
थपिएकामध्ये स्टाफ नर्स, अस्पतालका कर्मचारी, जनप्रतिनिधि, अस्पतालमा उपचाररत बिरामी, टेलिकमका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, व्यवसायी लगायत छन् ।