सरकारले जनअपेक्षा अनुसार काम गरेको छ : सांसद सिग्देल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    सरकारले जनअपेक्षा अनुसार काम गरेको छ : सांसद सिग्देल

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : प्रतिनिधि सभाका सांसद केदार सिग्देलले केपी ओली नेतृत्वको सरकारले जनअपेक्षा काम गरिरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार गठन भएपछि सरकारले दुरगामी लक्ष्यका साथ काम गरेको हुँदा परिणाम आउन समय लागेको सिग्देलले बताउनुभयो ।

    म्याग्दे गाउँपालिका–१ बरचौरमा सोमबार आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै सांसद सिग्देलले देशमा अस्थिर सरकारको विकल्पमा जनताले विश्वास गरेर नेकपालाई सुविधाजनक बहुमत दिएकाले सरकारले जनमतको कदर गर्दै सुशासन र समृद्धि स्थापित गर्ने बताउनुभयो ।

    कोभिड–१९ को बाबजुद पनि जनताको रक्षाका लागि सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको बताउँदै सिग्देलले अहिले हरेक वडामा स्वास्थ्य चौकी र हरेक गाउँ तथा नगरपालिकामा सुविधाजनक अस्पताल निर्माणको शुरुवात भएको बताउनुभयो ।

    विकास निर्माण र जनचाहना अनुरुप परिणाम देखिन केही समय लाग्ने हुँदा हत्तोत्साहित नहुन र आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सांसद सिग्देलले अपिल गर्नुभयो । नेकपा म्याग्दे गाउँपालिकाका वडा नं १ का सचिव सोमबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीले विकास निर्माण र समस्याका बारेमा सांसद सिग्देललाई अवगत गराएका थिए ।