गण्डकी प्रदेशमा थपिए ९७ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा थपिए ९७ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०७७, बिहीबार

    पोखरा : गण्डकी प्रदेशमा बिहीबार बिहानै ९७ कोरोना सङ्क्रमित थपिएका छन् । कास्की, गोरखा, नवलपुर, लमजुङ र बागलुङमा ९७ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकामा ३०, गोरखाको पालुङटारमा ७, नवलपुरको कावासोती र हुप्सेकोटमा ६, लमजुङको दुधपोखरी र सुन्दरबजारमा ३ र बागलुङको काठेखोला, तमानखोला र बागलुङमा ५१ सङ्क्रमित थपिएका छन् ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ५२८४ पुगेको छ ।