गण्डकी प्रदेश सांसद गुरुङलाई कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेश सांसद गुरुङलाई कोरोना

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०७७, बिहीबार

    तनहुँ : गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौमा गरिएको स्वाब परीक्षणमा सांसद गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    ज्वरो आएपछि स्वाब परीक्षण गर्दा बुधबार उहॉलाई सङ्क्रमण पुष्टि भएको सांसद गुरुङका स्वकीय सचिव मदन गुरुङले जानकारी दिनुभयो । उहॉकाे हाल कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । हाल उहॉको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गुरुङ तनहुँ निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेश सांसदमा निर्वाचित हुनुभएको थियो ।

    सांसद गुरुङले आफ्नाे सम्पर्कमा आएकालाई सुरक्षित र सतर्क रहन अपिल गर्नुभएकाे छ । सामाजिक सञ्जालमा पाेष्ट गर्दै गुरुङले लेख्नुभएकाे छ, “केहि दिन यता तनहुँको विभिन्न क्षेत्रमा विकास निर्माणको आयोजनाहरु अनुगमन गर्ने क्रममा म सँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।”