तनहुँ : सार्वजनिक अपराध मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–२ का रविन्द्र अमगाई रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँको मिति २०७२ पुस १९ गतेको फैसलाले रु तीन हजार जरीवाना तोकिएका प्रतिवादीलाई सम्बन्धित घरवतनबाटै बिहीबार पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको टोलीले पक्राउ गरेका उनलाई जरीवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेका प्रतिवादीलाई पक्राउ गर्न प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।