तनहुँ : सुनको भाउ आकाशिरहेको बेला सुनजस्तै गहनाको खोजीमा हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईको चाहना अब पूरा हुने भएको छ । दमौलीमा नै पहिलो पटक सुनजस्तै गहनाको विक्री शुरु भएको छ ।
नेपालीहरुको महान् पर्व दशैंको शुरुवातसँगै व्यास नगरपालिका–२ न्युरोडमा ‘चेली’ ले सुनजस्तै गहना विक्री शुरु गरेको हो । ‘सुनभन्दा कम छैन, हराएमा डर छैन’ भन्ने नारा सहित चेलीले व्यवसाय शुरु गरेको सञ्चालक कुमार मल्लले जानकारी दिनुभयो ।
मल्लका अनुसार चेलीमा सुनका जलप लगाइएका सम्पूर्ण गरगहना, विभिन्न जातजातिका भेषभूषासँगै गहना, पत्थरको सामग्री, चस्मा, झुम्का, मोतीको सामान, विभिन्न ब्राण्डका व्याग, पर्सहरु उपलब्ध छन् । दशैंलाई लक्षित गरी विशेष छुट समेत दिइएको मल्लले जानकारी दिनुभयो । “सस्ताे पर्ने भएकाले हराएमा पनि केही फरक नपर्ने भएकाले यसमा महिलाकाे आकर्षण बढ्ने विश्वास छ,” उहाँले भन्नुभयाे ।
“दमौलीमा यस्ता किसिमका गहना नहुँदा अनलाइन मार्फत् खरिद विक्री गर्ने गरेको पाइयो, आफ्नै ठाउँमा सहज रुपमा गहना उपलब्ध गराउन व्यवसाय शुरु गरेका हौ,” मल्लले भन्नुभयो, “दशैंलक्षित विशेष छुट दिएका छौ ।”