व्यासका इन्जिनियर सहित तनहुँमा थपिए १६ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका इन्जिनियर सहित तनहुँमा थपिए १६ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०७७, आईतवार

    तनहुँ : व्यास नगरपालिकाका इन्जिनियर सहित तनहुँमा एकैचोटि १६ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले आइतबार बिहान सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका र म्याग्दे गाउँपालिकामा सङ्क्रमित थपिएका हुन् ।

    सङ्क्रमितमध्ये दुई जना व्यास नगरपालिकाका इन्जिनियर हुन् । व्यासमा ६, शुक्लागण्डकीमा ८, भानुमा एक र म्याग्देमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका–२ का ३१, २७ र ८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै व्यास नगरपालिका–४ का २६, ३७ वर्षीय पुरुष र व्यास नगरपालिका–२ की ४८ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

    शुक्लागण्डकी नगरपालिका–९ का २८, शुक्लागण्डकी नगरपालिका–६ का २१ वर्षीय पुरुष र ३५, १२ र ६८ वर्षीया महिला, शुक्लागण्डकी नगरपालिका–४ का ६०, शुक्लागण्डकी नगरपालिका–५ ४३ र शुक्लागण्डकी नगरपालिका–१० का २७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका-३ की ५८ वर्षीया महिला र म्याग्दे गाउँपालिका–४ का १५ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    पछिल्लो समय व्यास नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । यस अगाडी व्यास नगरपालिकाका तीन जना कर्मचारी सङ्क्रमित भइसकेका छन् । व्यास नगरपालिकाकै कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि नगरपालिका पनि जोखिममा परेको छ ।