घरेलु मैदानमै रियल मड्रिडको पहिलो हार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    घरेलु मैदानमै रियल मड्रिडको पहिलो हार

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०७७, आईतवार

    एजेन्सी : स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजेता रियल मड्रिडले जारी सिजनमा पहिलो हार बेहोरेको छ।
    उसले घरेलु मैदान अल्फ्रेदो डि स्टेफानोमा काडिजसँग १–० गोलअन्तरको हार बेहोरेको हो।

    काडिजको जितका लागि इन्थोनी लोजानोले निर्णायक गोल गरे। उनले अल्भारो नग्रेदोको पासमा गोल गर्दै नवौं मिनेटमै कार्डिजलाई अग्रता दिलाएका थिए।प्रतिस्पर्धात्मक खेलामा साविक विजेता टिमले गोल गर्न सकेन। र, सिजनको पहिलो हार बेहोर्यो।

    काडिजले रियल मड्रिडविरुद्ध १९९१ पछि अवे मैदानमा पहिलो पटक जित निकालेको हो। रियलले काडिजविरुद्ध २१ खेलमा एक खेल मात्र हारेको थियो भने घरेलु मैदानमा १२ खेलयता अपराजित थियो। उसको यो लामो यात्रा अब टुंगिएको छ।

    त्यस्तै १९८३ मा भने अल्फ्रेदो स्टेफानो प्रशिक्षक हुँदा रियलले कार्डिजसँग ६–२ गोलको हार बेहोरेको थियो। कार्डिजविरुद्ध रियलले बेहोरेको यो सबैभन्दा ठूलो हार हो।

    गएरातिको हारका बाबजुद रियल अंक तालिकाको शीर्षस्थानमा छ। उसले पाँच खेलबाट १० अंक बनाएको छ। विजयी कार्डिज पनि ६ खेलबाट १० अंक बनाएर तेस्रोस्थानमा छ।

    त्यस्तै,गएराति नै सम्पन्न अर्को खेलमा लुईस सुवारेजको एक गोलसँगै एट्लेटिको मड्रिडले २–० गोलको सहज जित निकालेको छ।