तीन बालिका जबरजस्ती करणीको अभियोगमा हजुरबुबा र नाति पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तीन बालिका जबरजस्ती करणीको अभियोगमा हजुरबुबा र नाति पक्राउ

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँको भानु नगरपालिका–१० दुधेकुनाका तीन जना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । स्थानीय १२, ९ र ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सोही ठाउँका ७२ वर्षीय बलराम सापकोटा र १६ वर्षीय किशोरलाई शनिबार राति पक्राउ गरेको हो ।

    ती बालिकाहरुलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेका हजुरबुबा र नाति भएको खुलेको छ । प्रनाउ तिमिल्सिनाले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र पक्राउ परेकाविरुद्ध म्याद थपको तयारी भइरहेको जानकारी दिनुभयो ।