गण्डकीमा थप १ संक्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा थप १ संक्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७७, सोमबार

    पाेखरा : गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । बागलुङ नगरपालिका १३ की ४८ वर्षीया महिलाको आइतबार मृत्यु भएको हो । उनको कुश्मा नगरपालिका ५ मा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    निर्देशनालयका अनुसार उनको रिपोर्ट आइतबार पोजेटिभ आएको थियो । ती महिलामा मधुमेहको समस्या थियो ।

    योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १६, नवलपुर र तनहुँका ९/९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३, म्याग्दीका १ जना छन् ।