कांग्रेसका सबै सांसदले दसैँ भत्ता फिर्ता गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेसका सबै सांसदले दसैँ भत्ता फिर्ता गर्ने

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७७, सोमबार

    काठमाडाै : नेपाली कांग्रेसले आफ्ना सबै सांसदको खातामा दसैँ भत्ताबापत जम्मा गरेको रकम फिर्ता गर्न संसद् सचिवालयलाई औपचारिक पत्र पठाउने तयारी गरेको छ  । कांग्रेस संसदीय दलले संसद् सचिवालयलाई पत्र पठाएर आफ्ना सबै सांसदको दसैँ भत्ताबापतको रकम कट्टा गर्न आग्रह गर्ने भएको हो । 

    कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार नै संसद् सचिवालयमा पत्र पठाएर भत्ताको रकम कट्टा गर्न आग्रह गरिने बताउनुभयाे । ‘कोरोना परीक्षण र संक्रमितको निःशुल्क उपचार गर्नुपर्ने राज्यको दायित्वबाट सरकार पन्छिएको अवस्था छ,’ उहाँले भन्नुभयाे, ‘यस्तो अवस्थामा सांसदलाई दसैँ भत्ता दिनु गलत हो ।’