व्यास नगरपालिकामा १७ सहित थपिए १८ कोरोना सङ्क्रमित (वडागत विवरण सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकामा १७ सहित थपिए १८ कोरोना सङ्क्रमित (वडागत विवरण सहित)

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७७, सोमबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा एकैपटक १८ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार व्यासका पॉच वडामा सङ्क्रमित थपिएका हुन् ।

    व्यास नगरपालिका-१० का २६, व्यास-२ का ४८, १३, ५१ वर्षीय पुरुष र १३ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । व्यास-११ का ५२, २४ वर्षीय पुरुष र सोही वडाका ३८ वर्षीया महिला, व्यास-४ का ३९ वर्षीय पुरुष र १४, २० वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

    व्यास-३ का ३३, ३४ वर्षीया महिला र ३५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै व्यासकै वडा नखुलेका ३२, ५४ वर्षीय पुरुष र २४ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ । भीमाद-५ का २६ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

    व्यासका सङ्क्रमित शिक्षक, हाेटल व्यवसायी भएकाे खुलेकाे छ ।