तनहुँ : बडादशैंको सातौ दिन शुक्रबार व्यास नगरपालिका–४ स्थित कालिका मन्दिरमा फूलपाती भित्र्याइएको छ । कोभिड–१९ को प्रभावका कारण न्यून सङ्ख्यामा उपस्थित भई मन्दिरमा फूलपाती भित्र्याइएको हो ।
चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेना, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी, कालिका मन्दिरका पदाधिकारीको सहभागितामा मात्रै मन्दिरमा फूलपाती भित्र्याइएको हो । कालिका मन्दिर व्यवस्थापन समितिको बैठकले कम मात्रामा सहभागी भएर फूलपाती भित्र्याउने निर्णय गरेको थियो ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व शुक्रबारशास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।