एकैदिन बिक्यो साढे सात लाखको खसीबोका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    एकैदिन बिक्यो साढे सात लाखको खसीबोका

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०७७, शनिबार

    तनहुँ : तनहुँको घिरिङ गाउँपालिका–२ सुन्धाराका कृषकले एकैदिन साढे सात लाख बराबरको खसीबोका विक्री गरेका छन् । दशंैका लागि यहाँका कृषकले केही दिन अगाडी एकैदिनमा ५३ वटा खसीबोका विक्री गरेका हुन् ।

    खसीबोका बजारीकरणको व्यवस्था घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले मिलाएको हो । कृषकले उत्पादन गरेका खसीविक्री गाउँपालिका बाहिर विक्री भएको सहकारीका अध्यक्ष शारदा आलेले जानकारी दिनुभयो । उहाँका अनुसार ५३ वटा खसीबोका विक्री गर्दा रु सात लाख ४१ हजार ८ सय ३३ आम्दानी भएको छ ।

    खसी विक्री गरेर स्थानीय कृषक होमबहादुर थापाले पाँच वटा खसी बेचेर रु एक लाख ६ हजार तीन सय ३० आम्दानी गर्नुभएको छ । उहाँले पाँच वटा खसी विक्री गर्नुभएको छ । स्थानीय तिलसरा थापाले दुई वटा खसी बेचेर रु ५३ हजार ७ सय ६० र विष्णुमाया थापाले दुई वटा खसी बेचेर रु ४५ हजार एक सय ४० आम्दानी गर्नुभएको छ । यहाँका कृषकको मुख्य आम्दानीको स्रोत बाख्रापालन हो । सहकारीले गत हप्ता मात्रै रु दश लाख २३ हजार एक सय ३९ बराबरको खसीबोका विक्री गरेको थियो ।

    “दशैंलाई लक्षित गरी करिब रु १८ लाख बराबरको खसी गाउँपालिका बाहिर विक्री भएको छ,” सहकारीका अध्यक्ष आलेले भन्नुभयो, “कृषकलाई बजारको समस्या छैन, सहकारीले बजारीकरणको व्यवस्था मिलाउँदै आएको छ ।”

    जिल्लाका ग्रामीण भेगका कृषकहरुले यस वर्षको दशैंमा करीब दुई करोड बराबरको खसीबोका विक्री गरिसकेका छन् ।