तनहुँ : प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराईले मिर्गौला पीडित राजु श्रेष्ठलाई आर्थिक सहयोग गर्नुभएको छ । दशैमा गरिने खर्च जोगाएर पत्रकार भट्टराईले मिर्गौला पीडित श्रेष्ठलाई शनिबार रु पॉच हजार सहयोग गर्नुभएको हो।
लोकवाणी दैनिकका सम्पादक समेत रहनुभएका भट्टराईले अहिलेको विषम् परिस्थितिमा दशै खर्च कटौती गरेर पुण्य काममा सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
दमौलीमा लामो समयसम्म भिडियो र फोटोग्राफरको रुपमा काम गर्नुभएका श्रेष्ठ हाल बसोबास चितवनमा छ । उहॉको केही समय अगाडी दुवै मिर्गौला फेल भएको थियो ।