तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको साेमबार बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ४ निवासी ५० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । ती पुरुषमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती पुरुषमा निमोनिया लगायतको समस्या थियो । योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने गण्डकी प्रदेशमा ६८ पुगेको छ ।
यसअगाडी तनहुँको भीमादमा तीन, व्यासमा चार, आँबुखैरेनीमा दुई र म्याग्दे गाउँपालिकामा एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।