रोनाल्डोमाथि अनुसन्धान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    रोनाल्डोमाथि अनुसन्धान

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०७७, मंगलवार

    एजेन्सी : युभेन्टस्‌का स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि अनुसन्धान भइरहेको छ । कोरोना भाइरस संक्रमणपछि कोरोना प्रोटोकोल उल्लंघन गरेको भन्दै आलोचना भएपछि उनीमाथि अनुसन्धान सुरु भएको हो ।

    पोर्चुगिज स्ट्राइकर रोनाल्डोलाई लक्षण नभए पनि पोर्चुगलसँगको अन्तर्राष्ट्रिय ब्रेकका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी भाइरस संक्रमणपछि पोर्चुगलबाट इटालियन टुरिनमा फर्किएका थिए ।

    रोनाल्डो हाफ्नो निजी जेटमार्फत टुरिन फर्किए पनि इटालियन खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले एक विज्ञप्तिमा रोनाल्डोको कोरोना भाइरस प्रोटोकोल उल्लंघनको विषयमा अनुसन्धान भइरहेको जनाएका छन् ।

    “स्वास्थ्य अधिकारीहरुको अनुमतिविना टुरिन पुग्दा, मलाई लाग्छ उनले प्रोटोकलको उल्लंघन गरेका छन् । रोनाल्डोले प्रोटोकोलको कदर गरेन । यो प्रमाणित गर्न संघीय प्रोसिक्युटरको कार्यालयले अनुसन्धान गरिरहेको छ । भाइरसले हामीलाई सिकाएको छ कि कसैलाई पनि छुट छैन,” खेल मन्त्री स्पाडाफोराले विज्ञप्तिमा खेलेका छन्, “हुन त सबै व्यक्तिहरुले सकेसम्म प्रोटोकोलको सम्मान गर्ने कोसिस गरेका छन् । यसको एक मात्र समाधान घरमै बस्नु हो । तर, रोनाल्डोले त्यो गरेनन् ।”

    युभेन्टस् स्ट्राइकर रोनाल्डोले कोरोना भाइरस प्रोटोकोललाई बेवास्ता गरेपछि कानुनी आरोपविरुद्ध लड्नुपर्ने हुन सक्नेछ । रोनाल्डोलाई ९ दिनपछि गरेको कोरोना परीक्षणमा पुन: पोजेटिभ आएको छ । यसै कारण उनले च्याम्पियन्स लिगअन्तर्गत स्पेनिस महारथी क्लब बार्सलोनाविरुद्धको खेल गुमाउनेछन् ।