तनहुँमा थपिए दुई कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए दुई कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०७७, मंगलवार

    तनहुँ : तनहुँमा मङ्गलबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास र शुक्लागण्डकीका दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

    क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणबाट व्यास-१ का ४२ र शुक्लागण्डकीका ७० वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । शुक्लागण्डकीका पुरुषको वडा खुलेको छैन ।

    यस्तै म्याग्दीमा चार, स्याङ्जामा दुई, बागलुङमा पॉच र कास्कीमा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।