कुखुराको फर्मभित्र तास खेल्ने पॉच पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सुदूरपश्चिम

    कुखुराको फर्मभित्र तास खेल्ने पॉच पक्राउ

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०७७, बुधबार

    कैलाली : कैलालीमा कुखुराको फर्मभित्र तास खेलिरहेका पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको गौरीगंगा नगरपालिका– ६ मा रहेको कुखुराको फर्मभित्र तास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

    पक्राउ पर्नेमा ६० वर्षीय भक्तबहादुर शाही, ३६ वर्षीय रंग साउद, ४२ वर्षीय रामबहादुर साउद, ४५ वर्षीय डम्बर शाही र ५२ वर्षका वीरबहादुर साउद रहेको प्रहरीले जनाएको छ । 

    उनीहरूको साथबाट नगद दुई लाख २३ हजार पाँच सय र दुई गड्डी ताससमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।यसबारेमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।