पोखरा : कास्कीको पोखरा महानगरपालिका-१३ निवासी ३६ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ती महिलाको बुधबार राति ११ बजे निधन भएको हो ।
कात्तिक ५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी महिलामा निमोनियाको समस्या रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्राडा अर्जुन आचार्यले जानकारी दिनुभयो । प्रतिष्ठानमा मृत्यु हुने महिला २० औं सङ्क्रमित रहेको प्रतिष्ठानले जनाएको छ ।