बारामा प्रहरी र स्थानीयबीच झडप, गोली लागेर एक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश २

    बारामा प्रहरी र स्थानीयबीच झडप, गोली लागेर एक घाइते

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०७७, बिहीबार

    बारा : बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ। झडपमा तीन प्रहरी र एक बालक घाइते भएका छन्।

    प्रहरीले भारतबाट तस्करीको सामान ल्याउन स्थानीय बासिन्दालाई रोक्दा झडप भएको हो। झडपमा प्रहरीले गोली चलाएको थियो। गोली लागेर स्थानीय १४ वर्षीय रञ्जन यादव घाइते भएका छन्। उनको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    त्यस्तै, सई वीरेन्द्र गिरीसहित तीन जना प्रहरी घाइते भएका छन्। उनीहरुको कलैयामै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण पंगेनीले बताउनुभयो ।

    स्थानीय बासिन्दाले आक्रमण गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको थियो। यो क्रममा १२ राउन्ड हवाई फायर भएको प्रहरीले जनाएको छ।