बागलुङका सङ्क्रमितको पोखरामा मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बागलुङका सङ्क्रमितको पोखरामा मृत्यु

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०७७, शुक्रबार

    पोखरा : बागलुङका कोरोना सङ्क्रमित एक पुरुषको पोखरामा मृत्यु भएको छ । गलकोट नगरपालिका-३ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार सॉझ ५ बजे मृत्यु भएको हो ।

    स्वास्थ्य निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको हो । कात्तिक ८ गते सङ्क्रमण पुष्टि भएका उनमा निमोनियाको समस्या थियो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ ।