तनहुँमा थप १२ जनामा कोरोना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थप १२ जनामा कोरोना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०७७, शुक्रबार

    तनहुँ : तनहुँमा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी, म्याग्दे, भीमाद र ठेगाना नखुलेका तीन गरी १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    शुक्लागण्डकी नगरपालिकाका वडा नखुलेका ४८ वर्षीया महिला, ३१ र २९ वर्षीय पुरुष, म्याग्दे गाउँपालिका–२ का ४६, म्याग्दे गाउँपालिका–६ का २७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिका–४ का २७, ७१, ६५ वर्षीय पुरुष र भीमाद नगरपालिका–७ का ४० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    ठेगाना नखुलेका ३५, ४० वर्षीय पुरुष र ५० वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।