पाेखरा : स्याङ्जाका ७० वर्षीय महिलाकाे कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा उपचाररत वालिङ नगरपालिका–५ निवासी महिलाकाे शुक्रबार बिहान ८ः३५ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
कात्तिक ९ गते कोरोना सङ्क्रमण पुष्टि भएका ती महिलामा निमोनिया, रक्तअल्पता लगायत समस्या थियो । कोभिड पोजिटिभ भई प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने निज २२ औं सङ्क्रमित रहेको प्रतिष्ठानका निर्देशक सह प्राडा अर्जुन आचार्यले जानकारी दिनुभयो ।
नाेट : प्रतिष्ठानले जारी गरेकाे विज्ञप्तीमा यस अगाडी पुरुष उल्लेख भएकाले सच्याइएकाे छ ।