तनहुँका आशिषको काठमाडौमा हत्या
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँका आशिषको काठमाडौमा हत्या

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०७७, शनिबार

    काठमाडौ: धापासीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    तनहुँ घर भइ काठमाडौंमा मजुदरी गर्दै आएका २५ वर्षीय आशिष मगरको शुक्रबार हत्या भएको हो। हत्या आरोपमा प्रहरीले दिवस अधिकारी र रवि मगरललाई पक्राउ गरेको छ।

    टोखा नगरपालिका–५ धापासी बस्दै आएका मगरको उपचारको क्रममा चिरायु अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेश्वर राठौरका अनुसार घटनामा संलग्न अन्य दुई जना फरार छन्। उनीहरुको खोजी भइरहेको छ।

    मगरको शव हाल त्रिवि शिक्षण महाराजगन्जमा राखिएको छ। हत्याको कारण खुलेको छैन। घटनाको थप अनुसन्धान भइरहेको एसपी राठौरले बताउनुभयो ।

    स्रोत : नेपालखबर डटकम