भीमादमा पॉच सहित थपिए आठ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भीमादमा पॉच सहित थपिए आठ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँको भीमाद नगरपालिकामा पॉच सहित जिल्लामा थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार भीमाद-६ का ३८ र ५३, भीमाद-४ का ४९ वर्षीय पुरुष र ५२ वर्षीया महिला, भीमाद-९ का ४३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    चितवनमा गरिएको परीक्षणमा ऑबुखैरेनी-४ का ८०, ऋषिङ-५ का ३६ वर्षीय पुरुष र बन्दीपुर-६ का ७१ वर्षीया महिलामा सङक्रमण पुष्टि भएको छ ।