धर्तीले सोधेका अनुत्तरित प्रश्नहरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    धर्तीले सोधेका अनुत्तरित प्रश्नहरु

    विवि श्रेष्ठ

    १७ कार्तिक २०७७, सोमबार

    हावाको त्यो अगोधकम्पनमा समेत आफनो अस्तित्व रक्षाका लागि अविचलित आत्मा धर्तीको यो मैदानमा संघर्षरत नै रहयो । उसको त्यो संघर्षले उसको जीवनको अस्तित्वरक्षार्थ भूमिका खेलेको छ । लाग्दछ, उसले धर्तीमा आफनो उपस्थितीको सान्र्दभिकतालाई पुष्टि गरिरहेको छ । हावाको त्यो वेग होस वा प्रकृतिको अन्य निर्मम प्रहार, जे भएता पनि औचित्य पुष्टिका लागी गरिएको उसको त्यो प्रयत्न साँच्चै जीवनको औचित्य खोज्नका लागी वाध्य बनिदियो ।

    सदिंयौदेखी चल्दै आएको यो नियमनमा भौतिक परिवर्तनलाई मात्र जीवनको साध्य मान्ने हो भने यसले न्याय पाउदैन । जबसम्म धर्र्तीमा रहने प्राणीले जीवनका साध्य प्राप्त गर्न सहजताका साथ सक्ने छैनन तवसम्म भौतिक तथा आर्थिक विकासले मात्र जीवनको औचित्य पुष्टि हुन सक्दैन । अहिलेम्मको मुख्य अनुत्तरित प्रश्नहरु यिनै हुन् । यी अनुत्तरित प्रश्नहरु किन मनमस्तिष्कमा जरा गाडेर वसिदियो ? यसको न्युन समिक्षात्मक मुल्यांकन गर्ने हो भने जीवनमा भौतिक तथा आर्थिक वस्तुको कुनै पनि अर्थ रहदैन । यहि अर्थ विनाको जीवनले सधैभर घोचिरहयो । कमजोरी ढाक्नका लागी फगत गरिने प्रयत्न लामो समयसम्म रहदैन, तर जव धर्र्तीले प्रश्न सोधेको आभास हुन थाल्दछ, तव साँच्चै नै जीवन जीवन होईन, निरन्तरतको सानो कण शिवाय अन्य देखिदैन ।

    प्रश्नको पहाड मात्र हुने तर समाधान नहुने प्रवृत्तिले जीवन सहज हुदैन । यहि पेरिफेरिमा गुज्रिएको पलहरु कहिले सम्म गुज्रिएलान ? धर्र्तीमा रहेका हरेकताका आफनै अस्तित्व र भुमिका हुन्छ भन्ने तत्तत सत्यता समेत वुझन नसक्नेहरुको भीडले घेरिएको सन्र्दभमा यसको निकास कसरी प्राप्त गर्न सकिएला ? सेकेन्डको प्रहर हुदै समयले नेटो काटेको यथार्थलाई वुझाउन ऐनामा देखिने प्रतिविम्वको प्रयत्नको पनि अर्थ रहेन । सौन्दर्यतामा रम्नका लागी हेरिने ऐनाले वास्तविकता वुझाउन अविरल प्रयत्न गरेता पनि अनुकुलतामा स्वखलित भएको मानव आत्माहरु ऐनाको वनावट परिवर्तन गर्न अभ्यस्त हुन्छन तर जीवन वदल्ने सोच वदल्ने हिम्मत राख्दैनन । सारमा यहि नै हो ।

    थोपाको कणवाट सिर्जित जीवन धर्र्तीमा नै पुगेर विलिन हुदाँसम्मको अवधिलाई जीवन मान्ने भयो भने, यो वीचका अवधिमा धर्र्तीले कति प्रश्नहरु सोधे होलान् ? पाईला पाईलामा धर्र्तीका साधनले अवरोध गर्दा कहिल्यै पनि धर्र्तीका अनुत्तरित प्रश्नका आभास कसैलाई भयो होला कि नहोला ? धर्र्ती आफै एकाकार छ, यसो भन्दैमा धर्र्ती अन्धो छैन, त्यसको अनुभुति कसैलाई भयो कि भएन होला ? थोपावाट सिर्जित जीवन वाल्यकाल, वयस्क, वुद्ध हुदै धर्र्तीमा विलिन भयो । लामो कपाल हुदाँ काटेर वाहिरी सुन्दरतामा लिप्त वनियो । चाउरिएको गलालाई तन्काउने वेजोड प्रयत्न गरियो । ऐनामा सुन्दरता खोज्ने नाममा हजारौ पटक जुँगाहरु काटिए । यति धेरै क्रियाकलाप गरिरहदाँ पनि धर्र्तीले कुनै दिन प्रश्न सोधेको आभास किन भएन ? जीवनका यी चक्रले यावत गति लिएर मृत्यृशैयामा रहदाँ पनि धर्र्तीले सोध्ने प्रश्नको हेक्का किन भएन ?

    रातको त्यो निष्पट अन्धकारमा पनि धर्र्तीको त्यो अंगले खेलेको भुमिकालाई लिएर जीवनमा अनेकौ प्रश्नहरु घोत्लिए । अनुत्तरित प्रश्नको त्यो पहाडले जीवन नै पुरिदा समेत सोच्न नछाड्ने आत्मिक सहादनहरुले कति समय यसरी नै धर्र्तीमा अस्तित्वविहिनतामा राख्ने होलान् ? नियमित भन्दा वढि धड्कन शुरु गरेको मुटुको गतिले आफनो भुमिका कहिलेसम्म क्रियाशिल राख्ला ? सृष्टिको उदय देखि असंख्या आत्माहरु धर्र्तीको यो अनुत्तरित प्रश्नले कति धड्केका होलान् ? उनिहरुको सोचले जीवन र धर्र्तीको मेलमा कति भुमिका खेले होलान् ?

    हरेकतामा जिम्मेवारिता र भुमिका देख्ने मेरो सोच र नयनले किन आफनो जीवनका जिम्मेवारिता वहन गर्न सकेन ? सोचका निर्मलीकरण समेत सम्भव नहुने आत्मारतिमा हुर्किएको यो आत्मिक क्रियाशिलताको अन्त्य कहिले होला ? सारमा यो भौतिक शरिरले निरन्तर काम गरिरहेको छ । रातको त्यो अन्धकारमा होस वा दिनको त्यो उज्यालोमा । तर यहि भौतिक शरिरले गर्ने निरन्तर काम सगै हामीले गर्ने काम र जिम्मेवारिता किन गरिएन ? जीवनको औतित्य पुष्टि गर्नका लागी दिईएको धर्र्तीको यो उपहारलाई हामीले कति पुरा गरयौ ? उमेर जति घर्किदै गएको छ, धर्र्तीले प्रश्न सोधेको आभास प्रवल रुपमा भईरहेको छ । धर्र्तीले जिम्मेवारिता वहनको प्रश्न टड्कारो रुपमा उठाईरहेको अनुभुति भएको छ । जीवनको यो अवधिसम्मको हिसाव किताव धर्र्तीले खोजेको कुरा मस्तिष्कमा जरा गाडेको छ । धर्र्तीमा रहने सम्पुर्ण सजिव र निर्जिव प्राणीले आफनो भुमिका खेलिरहदाँ मेरो अन्तरमनमा जीवनको जिम्मेवारिता र भुमिकाको असंख्य अनुत्तरित प्रश्नहरु खडा भएका छन् । यी धर्र्तीले सोधेका प्रश्नहरुको उत्तर खोज्न सक्ने सामथ्र्य म मा कति रहला ? या त धर्र्तीमा नै विलिन भएर हार स्वीकार्नुको विकल्प छैन ।