प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०७७, शुक्रबार

    काठमाडौं : नेपाली बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु एक हजारले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन रु ९७ हजार २०० मा कारोवार भएको छ ।  बिहीबार छापावाल सुन प्रतितोला रु ९६ हजार २०० मा कारोवार भएको थियो ।

    यस्तै तेजाबी सुन बिहीबार रु ९५ हजार ७०० मा कारोवार भएकोमा आज रु एक हजारले वृद्धि भई रु ९६ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला रु ४५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार २१० मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २५५ मा कारोवार भएको छ ।