फरार प्रतिवादी कारागार चलान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फरार प्रतिवादी कारागार चलान

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०७७, शुक्रबार

    तनहुँ : विभिन्न मुद्दामा सजाय पाई फरार रहेका तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध, सार्वजनिक र सरकारवादी देवानी विविध मुद्दामा पक्राउ परेका प्रतिवादीलाई शुक्रबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

    लागुऔषध मुद्दामा जिल्ला अदालत तनहुँबाट एक वर्ष कैद र रु ५० हजार जरीवाना तोकिएका भानु नगरपालिका–१ पुल्चोकका विष्णुकुमार थापा कारागार चलान भएका छन् । उनलाई बिहीबार बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारबाट पक्राउ गरी आज जिल्ला अदालत पेश गरिएको थियो । प्रहरीले विसं २०७६ माघ २७ गते थापाको घरबाट लागुऔषध बरामद गरेको थियो । विसं २०७७ असोज २१ गतेको अदालतको निर्णय बमोजिम निजलाई कैद र जरीवानाको फैसला भएको थियो ।

    सरकारवादी देवानी विविध मुद्दामा पक्राउ परेका भानु नगरपालिका–५ का बाबुकाजी श्रेष्ठलाई पनि आज कारागार चलान गरिएको छ । जिल्ला अदालतको विसं २०७५ पुस १२ गतेको फैसला बमोजिम निजलाई एक वर्ष कैद र रु ५० जरीवाना तोकिएको थियो । निजलाई आज बिहान सम्बन्धित घरवतनबाटै पक्राउ गरिएको थियो ।

    सार्वजनिक अपराध मुद्दामा फरार रहेका जिल्ला भानु नगरपालिका–५ बस्ने राजकुमार परियारलाई पनि प्रहरीले आज घरबाटै पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको विसं २०७२ पुस २० गतेको फैसलाले निजलाई रु पाँच हजार जरीवाना तोकिएको थियो । जरीवाना भुक्तानका लागि निजलाई अदालत उपस्थित गराइएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेकालाई पक्राउ गर्न अभियान चलाइएको जानकारी दिनुभयो ।