यो कस्तो प्रेमको फस्टलुक सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    यो कस्तो प्रेमको फस्टलुक सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०७७, शनिबार

    तनहुँ : गायिका निशा देशारको श्वर, गैह्रे सुरेशको सङ्गीत र विष्णुप्रसाद पाण्डेको शब्दमा रहेको यो कस्तो प्रेम बोलको गीतको फस्टलुक सार्वजनिक भएको छ । व्यास नगर क्षेत्रमा छायाङ्कन गरिएको गीतमा पोखराकी मोडल ममता अधिकारी, महेश वाग्ले सोनिया जोशीको अभिनय रहेको छ ।

    दमौलीमा रहेर म्यूजिक भिडियोमा सक्रिय मोडल सुदीप पौडलले यसको निर्देशन गर्नुभएको हो । व्यास नगरपालिकाको पर्यटकीय स्थल, कालिका जङ्गलपार्क, ओम शान्ति पार्क, मादी र सेती नदीको संगम स्थल लगायतका क्षेत्रमा छायाङ्कन गरिएको भिडियोलाई दिपावलीको अवसर पारेर रिलिज गरिने निर्देशक पौडेलले जानकारी दिनुभयो। शुसान पन्थले छायाङ्कन गरेको भिडियोको अफिसियल मिडिया पार्टनरमा खबरपुञ्ज डटकम रहेकोछ ।