


मेरो मन मष्तिस्कमा उर्लेका मेरा भावना
सेता पानामा कोरेर शब्दमा वर्णन गर्न कोशिस गरिरहेकी छु
सेताम्मे हिमाल सरी अटल भएर बसेका मेरा सपना
पूरा गर्न सक्छु या सक्दिन भविष्यमा, त्यो थाहा छैन ।
साथिसँग छुट्ने बेला भएको छ,
आफ्नो गन्तब्य रोज्ने समय आएको छ ,
जीवनको अन्तिम परीक्षा पनि त हैन यो
प्रयास निरन्तर गर्दै जाउँ, नहटौँ दु ख बाट
जीवनमा हरेस नखाई अगि बढ्नु छ
यहि नै अन्तिम परीक्षा पनि त हैन
जीवनमा कति उतार चडाव आउने छन्
कति ठक्कर खानु छ
यहि कुरालाई जिवनको प्रेरणा सोँची अघी बढ्नु छ ।
यतिका समय एउटै छतमुनि, एउटै परिवार सरह भएर बस्यौँ
कहिले झगडा गर्यौँ, कहिले रिसायौँ, कहिले हाँसो र खुसी बाँड्यौँ
अनेकौँ समय पार गरि यहाँ आइपुगेका छौँ
परिचयबाट सुरु भएको यो सम्बन्ध
नबिर्स है भन्दै छुट्ने समय आएछ ।
सायद अब भेट होला नहोला समयले बताउला
कहिले हाँसेका –रोहेका, कहिले गाउँदै – नाच्दै हिँडेका
सबै ति हाम्रा पल दश वर्ष पछि आएर ती
भित्तामा खोज्दा पनि ताजा भेटिएला ।
जुन ठाउँमा आउनै नपरोस भन्ने मन
अहिले आएर यो ठाउँ छोड्नै नपरोस जस्तो भएको छ ।
सायद अब छुट्टिने समय आएकोले होला
आफ्ना घर – परिवार भन्दा पनि
यो हाम्रो छुट्टै संसार भएको परिवार
निकै प्यारो भएको छ ।
कस्तो अचम्म रहेछ है १
जसरी भेट नमिठो थियो, त्यस्तै नमिठो छुट्दा पनि हुँदो रहेछ ।
अञ्जानमै भेट भएका हामी
साथित्वको भावना लिएर छुट्टिदै छौँ ।
साथि साथि विच नमिठो शब्द बोलियो होला
कति घोचपेच गरियो होला ,
गल्ती कमजोरीलाई माफ गर्दै, नराम्रा कुरालाई भुल्दै
राम्रा कुरालाई आत्मसात गरी
अघी बढ्दै छौँ ।
मिलन र विछोड समयको खेल रहेछ
न त छेकेर हुन्छ , न त रोकेर नै ।
आफ्नो समयलाई अमुल्य बनाउन सिक्यौँ ,
साथि अनेकौँ होलान तर
कसै सँगको सम्बन्ध खास हुँदो रहेछ भन्ने बुझ्यौँ ।
साथी भन्ने शब्द छुट्टै हुँदो रहेछ ,
जति कसैले दिएको उपहार पनि नहुँदो रहेछ ।
तिमि सफल हुँदा तालि बजाउने भन्दा
टाउको ठोक्ने धेरै भेट्ने छौ ।
तिमिलाई अघि बढ्नु भनि ठिक्क पारी
तिम्ले पाइला चाल्दा खुट्टा तानि लडाउने धेरै छन् ।
तिमि पाइलै पिच्छे लड्न सक्छौ ‘
तर त्यहिँ लडेर नबस ,
हिम्मत गरेर उठ्ने प्रयास गर ।
उठेर अघि बढ्नु पर्छ ,
न त समय फर्किएर आउँछ
न त बोलाएर नै ।
अब यहि याद र पर्खाई त बाँकि रह्यो ,
हरेक समय साथिहरुका सम्झना आइरहने छ ।
धेरै बोल्यो, हल्ला भयो भनि झ्याउ हुन्थ्यो ,
अब त्यहि बोलि एक शब्द सुन्नलाई
हरेक पल मन भोको हुनेछ ।
साँच्चै अब ति बोलिहरु सुन्न पनि त समय जुराउनु पर्ने होला ,
एक छिनको शान्त पो खोजेको थियौँ ।
साच्चै अव त मनै शुन्य हुने भयो ‘
हो हल्ला बोलिबाट टाढा जान पाए भन्ने थियो ,
तर साच्चै यो मनले त्यहि आवाज सुन्न खोजिरहने छ ।
दिनरात गरेपनि नसकिने हाम्रा कुरा ,
अब त स्तब्ध भएका छन् ।
अब सायद फेरि भेट होला नहोला ,
तर हाम्रो याद र प्रतिक्षा सदा घाम र जुन सरी हुनेछन् । (२)
दिप्शा बसौला
कक्षा १०
श्री तालवेसि माध्यमिक विद्यालय
शुक्लागण्डकी – ९ , तनहुँ