


काठमाडाै, २८ कात्तिक । भानु नगरपालिका–१३ पयास्वारा निवासी तथा हाल वैदेशिक रोजगारीमा रहेका राजन गुरुङद्वारा निर्माण तथा गायन गरिएको ‘फरक नजर’ शीर्षकको म्युजिक भिडियो शुक्बार एक विशेष समारोहका बीच विमाेन गरिएकाे छ।
पूजा लामा गुरुङकाे अध्यक्षतामा भएकाे विमाेचन कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति तनहुँका निवर्तमान सदस्य एवं प्रवक्ता गल बहादुर गुरुङ रहेका थिए ।

उक्त म्युजिक भिडियोका गीतकार तथा संगितकार टीका बम्जन रहेका छन् भने निर्देशन एम.बी. गुरुङले गरेका छन्। भिडियोमा एरन तमाङ, सोनिया वाइबा र सम्झना राई मोडलको रूपमा देखिएका छन्।
गीतकार तथा संगितकार टीका बम्जनले म्युजिक भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरेका छन् ।