पाेखरा : गण्डकी प्रदेशमा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ७ जिल्लामा संक्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार २४ घण्टामा ६ सय ३३ जनाको पिसीआर परीक्षण गरिएकोमा कास्कीमा ९८ जना, गोरखामा २१ जना, पर्वतमा १३ जना, तनहुँमा १२ जना, स्याङजामा ११ जना, बाग्लुङमा ७ जना र म्याग्दीका ४ जनालाई कोरोना पुष्टि भएको हो ।
यो संगै गण्डकीमा संक्रमितको संख्या ९ हजार ५ सय २१ पुगेको छ । तीमध्ये ४ हजार ९ सय ६५ जना निको भएर घर फर्किएका छन् । संक्रिय संक्रमितको संख्या ४ हजार ४ सय ४४ छ । मंगलबार १ जना संक्रमितको मृत्यु भएसंगै प्रदेशभर मृतकको संख्या १ सय १२ पुगेको छ ।