कुटपिटबाट एकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    कुटपिटबाट एकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१ मा कुटपिटको एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय कृष्णबहादुर दरै रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    दरैको फूल सेलाउने क्रममा विवाद हुँदा भएको झडपमा परी दरैको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले पीडित परिवारको तर्फबाट जाहेरी आएपछि थप प्रक्रिया अगाडी बढ्ने जानकारी दिनुभयो ।